Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । नेपाली कांग्रेसले गणेश नेपालीको आत्मदाह प्रकरणमा प्रधानमन्त्री बालेन शाहलाई काठमाडौंको मेयर हुँदा लेखेको फेसबुक स्टाटसको स्मरण गराएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक वासना थापाले आफैँ सत्तामा हुँदा त्यही प्रश्नको जवाफ दिनबाट भागेको टिप्पणी गरिन्।
उनले भनिन्, ‘प्रेम आचार्यले नयाँ बानेश्वर संसद् भवन अगाडि आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले लेख्नुभएको स्टाटस आज पनि सम्झिनुभएको छ कि बिर्सिनुभयो प्रधानमन्त्री ज्युरु हिजोको घटनामा तपाईँको मौनता किनरु विपक्षमा हुँदा राज्यको सफलता माथि कठोर प्रश्न उठाउने तपाईँ आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाफ दिनबाट किन टाढा हुनुहुन्छ?’
राज्य आतंकका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मूकदर्शक बनेको टिप्पणी गरिन्।
उनले थपिन्, ‘देशमा काम गरिरहेका तमाम युवाहरूको अवस्था यही छ। अरूले आफैलाई जलाउने हिम्मत गर्न सकिरहेका छैनन्। बहादुर युवाले विद्रोह गर्यो। जनताको जीवन बचाउने भन्दा पनि सामाजिक सञ्जालको मोहमा मानवीय संवेदनशीलतालाई कुल्चेर लाइक बढाउने धुनमा केन्द्रित छ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij