Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ गम्भीर घाइते

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ गम्भीर घाइते

  • काठमाडौँ । बझाङको केदारस्युँ र दुर्गाथली गाउँपालिकाको सिमानामा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १२ जना गम्भीर घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    केदारस्युा गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–६ चुवापनतर्फ गइरहेको सेच००१२६४४ नम्बरको जिप दुर्गाथली गाउँपालिका–६ र केदारस्युँ गाउँपालिका–७ को सिमानामा पर्ने सुँगरे भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब ३०० मिटर तल खसेको स्थानियले बताए ।

    AGNI GROUP

    दुर्गाथली गाउँपालिका–६ का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा परी दुर्गाथली–६ का ६० वर्षीय चक्र महत, सोही ठाउँकी ६५ वर्षीया केलादेवी महत र केदारस्युँ–७ की ३५ वर्षीया विमला धामीको घटनास्थलमै मृत्यु भएको हो ।

    दुर्घटनामा परेर जिप चालक केदारस्युँ–७ का देवबहादुर धामी, दुर्गाथली–६ का झल्का महत, जैमती महत, धनशेर जाग्री, नवराज धामी, रमेश धामी, हासुली महत, रामबहादुर महत, हर्का महत, देवबहादुर जाग्री, विरु जाग्री र रामबहादुर महत गम्भीर घाइते भएका छन् ।

    घाइतेहरूको अवस्था चिन्ताजनक रहेकाले उपचारका लागि हेलिकप्टर मगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराले बताए ।

    उनले भने,‘प्रहरी टोली घटनास्थलमा पुग्न बाँकी छ । स्थानीयले उद्धार कार्य गरिरहेको खबर आएको छ । घाइतेलाई थप उपचारका लागि बाहिर पठाउन हेलिकप्टरको पहल भइरहेको छ ।’

    यसैबीच, बझाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले घाइतेहरूको उद्धारका लागि हेलिकप्टरको समन्वय भइरहेकाले संयमित रहन आग्रह गरेका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij