Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

गणेश नेपाली आत्मदाह प्रकरण : वार्ताका लागि परिवारलाई प्रशासनले राख्यो यी प्रस्ताव

गणेश नेपाली आत्मदाह प्रकरण : वार्ताका लागि परिवारलाई प्रशासनले राख्यो यी प्रस्ताव

  • काठमाडौँ । आत्मदाहबाट मृत्यु भएका मुगुका गणेश नेपालीको परिवारलाई काठमाडौँ जिल्ला प्रशासनले सहमतिका लागि विभिन्न प्रस्ताव गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    उनको मृत्युपछि सबैतिर आन्दोलन चर्किरहेको बेला गृहमन्त्रालयको प्रस्तावमै जिल्ला प्रशासन कार्यालयले वार्ताको लागि परिवारका सदस्यहरुलाई पटक-पटक गरेर विभिन्न प्रस्ताव राखेको हो ।

    AGNI GROUP

    मुगुको सोरु गाउँपालिका १ घर भई हाल भक्तपुर सूर्यविनायक अस्थायी बसोबास गर्ने नेपालीको परिवारलाई ६ बुँदे प्रस्ताव राखिएको सार्वजनिक भएको छ ।

    सरकारले १५ दिनभित्र सत्यतथ्य बाहिर ल्याउने गरी अनुसन्धान गर्नका लागि २६ गते नै छानबिन समितिको गठन गरिसकेको र परिवारजनलाई दिइने राहत, अतिपूर्ति, बालबच्चाको पठनपाठन र परिवारका सदस्यको रोजगारी समेतका प्रबन्धहरु मिलाउने एवम् परिवारका सदस्यहरुबाट मृतकको शव बुझिलिने,पोष्टमार्टम र सदगाव समेतका कार्यहरुमा परिवारका सदस्य र आफन्तजनहरुले गर्ने गरी समझदारी पत्र तयार गरिएको छ ।

    तर मृतकको पक्षबाट अहिलेसम्म समझदारीमा सहमति भने भइसकेको छैन । समझदारी पत्रमा लेखिए बमोजिम गर्न सरकार, काठमाडौँ महानगरपालिका र परिवारको तर्फबाट हस्ताक्षर गरिने छ ।

    सार्वजनिक सहमति पत्रको मस्यौदाअनुसार काठमाडौँ महानगरपालिकाबाट मृतक गणेश नेपालीकी श्रीमतीलाई निजको योग्यता तथा क्षमताको आधारमा नेपाल सरकारको तर्फबाट रोजगारीको सुनिश्चितता गरिनेछ। साथै मृतकको बच्चाका लागि उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौँ महानगरपालिकाबाट व्यवस्था मिलाइनेछ।

    त्यसैगरी मृतकको परिवारलाई राहतस्वरूप नियमानुसार काठमाडौँ महानगरपालिकाबाट यथोचित रकम उपलब्ध गराइने, मृतकलाई शहीद घोषणा गर्ने सम्बन्धमा बिगतको अभ्यास र छानविन समितिको प्रतिवेदन र सिफारिससमेतका आधारमा सरकारले आवश्यक निर्णय लिने उल्लेख छ ।

    त्यसैगरी परिवार तथा आफन्तको तर्फबाट शव बुझेर अन्त्येष्टि गर्ने, सदगदको आवश्यक मद्दत सरकारले गर्ने र मृतकका परिवारजनको आतेजाते खर्च, काठमाडौंमा काजक्रियामा रहँदासम्मको प्रबन्ध सरकारी तबरबाट मिलाइने उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij