Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौँ । नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित २८ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नियमित गस्तीका क्रममा काठमाडौँ, पर्सा, दाङ, सङ्खुवासभा, कैलाली, उदयपुर, ललितपुर, सुनसरी, धनगढी र मकवानपुरका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसबिना खरिद–बिक्री गर्न नपाइने नोर्फिन, डाइजेपाम, फेनारगन, ट्रामाडोल, स्पास्पेन र प्रेगाब्लिनलगायत विभिन्न प्रकारका लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij