Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

राइड शेयरिङ एपका चालकहरूले सरकारसँग राखे ४ बुँदे माग

राइड शेयरिङ एपका चालकहरूले सरकारसँग राखे ४ बुँदे माग

  • काठमाडौँ । स्वतन्त्र चालक फाउन्डेसनले पठाओ राइडर गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

    onlinepatrika
    Arghakhachi

    फाउन्डेसनले घटनापछि नेपाल सरकार, काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, पीडित परिवार तथा वार्ता टोलीबीच भएको ९ बुँदे सहमतिलाई सकारात्मक रूपमा स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्न माग गरेको छ।

    AGNI GROUP

    फाउन्डेसनले विज्ञप्ति जारी गर्दै घटनाको छानबिनका लागि गठन गरिने उच्चस्तरीय स्वतन्त्र छानबिन समिति, पीडित परिवारलाई राहत, आश्रित परिवारको शिक्षा तथा रोजगारीको व्यवस्था र दोषीमाथि कानुनअनुसार कारबाही गर्ने विषयलाई समयमै कार्यान्वयन गर्न आग्रह गरेको छ।

    फाउन्डेसनले सहमति कागजमा मात्र सीमित नभई पूर्ण रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ। छानबिन समितिको प्रतिवेदन निष्पक्ष, पारदर्शी र समयमै सार्वजनिक गरी दोषी देखिएका व्यक्ति वा निकायमाथि कानुनबमोजिम कारबाही हुनुपर्ने फाउन्डेसनको माग छ।

    राइडर समुदायको सुरक्षा, सम्मान र पेशागत अधिकारको विषयमा गम्भीर ध्यान दिन सरकारसँग आग्रह गर्दै फाउन्डेसनले डिजिटल प्लेटफर्ममा कार्यरत राइडरहरूको कानुनी पहिचान स्पष्ट गर्न माग गरेको छ। राइडरहरू स्वरोजगार हुन् वा श्रमिक भन्ने विषयमा स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने फाउन्डेसनको भनाइ छ।

    यस्तै, बढ्दो महँगी, इन्धन खर्च, सवारीसाधन मर्मत तथा दैनिक सञ्चालन खर्चलाई ध्यानमा राख्दै राइडरहरूको न्यूनतम भाडादर वैज्ञानिक आधारमा निर्धारण गर्नुपर्ने, राइडरहरूको सुरक्षा, बीमा, दुर्घटना राहत तथा सामाजिक सुरक्षासम्बन्धी स्पष्ट नीति बनाउनुपर्ने माग पनि फाउन्डेसनले अघि सारेको छ।

    भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित सरकारी निकाय, प्लेटफर्म कम्पनी र राइडर प्रतिनिधिबीच समन्वय गरी दीर्घकालीन समाधान खोज्नुपर्ने फाउन्डेसनको धारणा छ।

    फाउन्डेसनले गणेश नेपालीको न्याय, राइडरहरूको सुरक्षा र अधिकारका लागि सञ्चालन गरिएको अभियानमा सहयोग गर्ने सरकार, काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सञ्चारकर्मी, सामाजिक अभियन्ता, विभिन्न संघसंस्था तथा सम्पूर्ण राइडर समुदायप्रति आभार व्यक्त गरेको छ।

    साथै, आन्दोलनका क्रममा सक्रिय भूमिका निर्वाह गर्ने वार्ता टोली, केन्द्रीय तथा स्थानीय पदाधिकारी, जिल्ला संयोजक, स्वयंसेवक र सम्पूर्ण राइडर समुदायको एकता र योगदानको प्रशंसा गरेको छ।

    फाउन्डेसनले ९ बुँदे सहमति समयमै कार्यान्वयन हुने, छानबिन निष्पक्ष रूपमा सम्पन्न हुने र दोषीमाथि कानुनी कारबाही हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण राइडर समुदायलाई संयमता अपनाउँदै शान्तिपूर्ण र कानुनी माध्यमबाट आफ्ना अधिकारका लागि आवाज उठाउन आग्रह गरेको छ।

    747029529_1016322104352798_3219876931258675308_n.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij