Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

३ वर्षभित्र पालिका र वडा जोड्ने पुलहरु बनाउने प्रतिवद्धता

३ वर्षभित्र पालिका र वडा जोड्ने पुलहरु बनाउने प्रतिवद्धता

  • काठमाडौँ । मकवानपुर– २ का सांसद प्रशान्त उप्रेतीले यसवर्ष बजेट शीर्षकमा रकम उल्लेख नभए पनि विकासका कामहरु जारी रहने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    मकवानपुरको भीमफेदीमा भएको कार्यक्रममा उनले कतिपय शीर्षकमा बजेट उपलब्ध नभए पनि अबण्डा रकमबाट नगरी नहुने विकास निर्माणको काम हुने बताए । उनले भने, ‘९० अर्ब रुपैयाँ अबण्डामा राखिएको छ, हुनै पर्ने काम त्यही बजेटबाट हुनेछ ।’ उनले पालिका र वडाहरु जोड्ने पुलहरु आगामी ३ वर्षभित्रमा सम्पन्न हुने बताए ।

    AGNI GROUP

    स्थानीयसँग अन्तरक्रियामा सहभागी भएका उप्रेतीले निर्वाचनपछि आफ्नो भूगोलमा १५ वटा कार्यक्रम गरेर सबै पालिकामा पुग्ने काम भएको बताए । उनले भने, ‘संसदका सबै बैठकमा पुगेको छु, समितिका बैठकहरु छुटाएको छैन, जम्मा एक दिन मात्र सदनमा अनुपश्थित भएको छु।’

    उनले किसानसँग जनप्रतिनिधि, विज्ञहरुसँग छलफललगायतका कार्यक्रम गरेर भूँइँतहका जनताका समस्या पहिचानमा क्रियाशील भएको बताए । ‘कैयौँ विषय क्षेत्राधिकारमा पर्दैैन,’ उनले भने, ‘सरकार र राज्य फरक विषय हो, स्थानीय, प्रदेश र केन्द्र सरकार फरक पार्टीका भएकाले पनि तत्काल काम नदेखिएको हो ।’

    कार्यक्रम रास्वपा भीमफेदीका अध्यक्ष बद्री पौडेलको अध्यक्षतामा भएको हो । कार्यक्रममा रास्वपा मकवानपुरका अध्यक्ष संजीव पाठक, सचिव विशभ अधिकारी, सुनिता राईलगायतका नेताहरुको उपस्थिति थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij