Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका दुई पूर्वमन्त्रीसहित १६ जनालाई आज सजाय निर्धारण गरिने भएको छ।
काठमाडौँ जिल्ला अदालतले असार २३ गते सुनाएको फैसलामा १६ जनालाई दोषी ठहर गरेको थियो। न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय तोक्नका लागि आजको पेशी तय गरेको हो।
दोषी ठहर हुनेमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, डा.इन्द्रजित राई, टेननाथ रिजाल, केशव दुलाल, सानु भण्डारीलगायत रहेका छन्।
उनीहरूलाई संगठित अपराध तथा राज्यविरुद्धको कसुरसम्बन्धी अभियोगमा दोषी ठहर गरिएको हो। अदालतले अब उनीहरूको कसुरको प्रकृति र कानुनी व्यवस्थाका आधारमा सजाय निर्धारण गर्नेछ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij