Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

कांग्रेसकाे केन्द्रीय नीति, अनुसन्धान प्रतिष्ठानमा ६ उपसमिति गठन, संयोजकको जिम्मेवारी तोकियो

कांग्रेसकाे केन्द्रीय नीति, अनुसन्धान प्रतिष्ठानमा ६ उपसमिति गठन, संयोजकको जिम्मेवारी तोकियो

  • काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत छ वटा उपसमिति गठन गरी तिनका संयोजक तोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रतिष्ठानका संयोजक तथा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सङ्गठनलाई थप प्रभावकारी बनाउने उद्देश्यले अपाङ्गता संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिमा रेशम गुरुङ, दुर्व्यसनमुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिमा डा. डीबी सुनार र पूर्वआप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिमा विज्ञान प्रसाईंलाई जिम्मेवारी दिए ।

    AGNI GROUP

    त्यस्तै, सार्थक सम्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमितिमा सिताराम काफ्लेलाई नियुक्त गरिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार उपसभापति शर्माको अध्यक्षतामा असार २५ र २६ गते बसेको बैठकको निर्णयअनुसार संयोजकहरूको जिम्मेवारी तोकिएको हो ।

    बैठकले उपसमिति संयोजकहरूको मनोनयनसँगै प्रतिष्ठानको आगामी कार्यदिशा तथा अन्य समसामयिक विषयमा पनि महत्वपूर्ण निर्णय गरेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij