Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौँ । मकवानपुरको विभिन्न गाउँपालिका क्षेत्रमा आज दिनभर अविरल वर्षा भइरहेकाले विभिन्न स्थानमा पहिरो जानसक्ने सम्भावना बढेको भन्दै सवारी सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी सूचनामा त्रिभुवन राजपथको दामन-पालुङ हुँदै काठमाडौंतर्फ जाने सबै प्रकारकासवारीसाधनलाई आज साँझ ५ः०० बजेदेखि मङ्गलबार बिहान ५ः०० बजेसम्मका लागि सञ्चालनमा रोक लगाइएको जनाइएको छ ।
हेटौँडास्थित चौकीटोलबाट जिल्ला प्रहरी कार्यालयद्वारा खटिएको प्रहरी टोलीले आज साँझ ५ः०० बजेदेखि काठमाडौं र भीमफेदीतर्फ जाने सवारीसाधनलाई पूर्ण रूपमा रोक लगाएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले जानकारी दिए ।
हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोक पथका लागि पनि जिल्ला प्रशासन कार्यालयले प्रत्येक दिन साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्मका लागि सबै प्रकारका सवारी सञ्चालन गर्न रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । स्थानीय चौघडाबाट प्रहरीको समन्वयमा सवारी सञ्चालनमा रोक लगाइएको उनले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij