Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

  • काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका १४ वटा सवारीसाधनलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीले ती सवारीसाधनलाई ट्राफिक व्यवस्थापनमा अवरोध पुर्‍याएको भन्दै प्रचलित कानुनबमोजिम कारबाही गरिएको जनाएको छ।

    AGNI GROUP

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मिडियाका अफिसकाक गेटसहित सार्वजनिक स्थानमा पार्किङ गरिएको अवस्थामा ती सवारीसाधन फेला परेका थिए।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘सार्वजनिक सडकमा जथाभावी सवारी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा अवरोध पुर्‍याएका विभिन्न १४ वटा सवारीसाधनलाई प्रचलित कानुनबमोजिम कारबाही गरिएको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने जोसुकैलाई पनि कानुनअनुसार कारबाही गरिनेछ।’

    यस घटनालाई लिएर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै शंकास्पद गतिविधिमा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

    नेपाली कांग्रेस, एमालेलगायतले पनि राजनीतिक दलका नेता, सञ्चारमाध्यम र व्यवसायीलाई लक्षित गरी शंकास्पद रूपमा सवारीसाधन परिचालन गरिएको घटनाबारे गम्भीर छानबिन हुनुपर्ने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij