Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

उमेश श्रेष्ठ प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त

उमेश श्रेष्ठ प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त

  • काठमाडौं । ब्लगर तथा फ्याक्टचेकर उमेश श्रेष्ठ प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार श्रेष्ठ नियुक्त भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाबाट नियुक्ति पत्र लिए ।

    AGNI GROUP

    नियुक्त पत्र प्रदान गर्दै सञ्चारमन्त्री डा.तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आएकाप्रति उच्च अपेक्षा रहेको बताए। सिफारिस समितिले अन्य उम्मेदवारभन्दा न्यायपूर्ण, निष्पक्ष र परिणाममुखी ढङ्गले जिम्मेवारी निर्वाह गर्न सक्ने विश्वासका आधारमा उनीहरूलाई छनोट गरेको बताए ।

    सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन प्रेस काउन्सिलको भूमिका महत्त्वपूर्ण रहने तिमिल्सिनाले बताए ।

    वर्तमान समयमा गलत सूचना र दुष्प्रचार सञ्चार क्षेत्रका प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै त्यसको पहिचान गरी समाधानमुखी ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij