Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

संसदमा उठ्यो शङ्कास्पद गाडी पार्किङको विषय

संसदमा उठ्यो शङ्कास्पद गाडी पार्किङको विषय

  • काठमाडौं । प्रतिनिधिसभा बैठकमा सञ्चारमाध्यम र विभिन्न स्थानमा शंकास्पद रूपमा गाडी तेर्स्याएर गरिएको अवरोध प्रयासको विषय उठेको छ । 

    onlinepatrika
    Arghakhachi

    मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले सञ्चारमाध्यम तथा राजनीतिक नेतृत्वको निवास र कार्यालयअगाडि मानसिक त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको गतिविधिप्रति आपत्ति जनाएका हुन् ।

    AGNI GROUP

    उनले पहिलो नजरमा सामान्य देखिए पनि यस्ता गतिविधिले विगतको पञ्चायतकालीन मण्डलेतन्त्र र राज्य आतंकको सुरुआती संकेतको झझल्को दिलाउने टिप्पणी गरे । लोकतान्त्रिक व्यवस्थामा यस्ता गतिविधि स्वीकार्य नहुने भन्दै घटनामा संलग्न व्यक्तिहरूमाथि सरकारले कडा कारबाही गर्नुपर्ने उनको माग थियो ।

    सांसद ठगुन्नाले अभिव्यक्ति स्वतन्त्रता, सञ्चारमाध्यमको स्वतन्त्रता तथा नागरिकको सुरक्षामाथि चुनौती दिने कुनै पनि गतिविधिलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने बताए ।

    सोमबार कान्तिपुर, हिमालयन टेलिभिजन र अनलाइनखबरको कार्यालय गेटअगाडि अन्य सवारीसाधनको आवागमन अवरुद्ध हुने गरी गाडी पार्क गरिएको थियो ।

    त्यस्तै, काठमाडौंको अनामनगर क्षेत्रमा पनि शंकास्पद गाडीका कारण केही समय सवारी आवागमन प्रभावित भएको थियो । उक्त घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij