Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध

नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध

  • काठमाडौं । नारायणी नदीको कटान नियन्त्रणका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा साढे छ किलोमिटर तटबन्ध निर्माण गरिएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले यस वर्ष मात्रै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा ५.५ किलोमिटर तटबन्ध निर्माण गरेको जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    कार्यालयका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को नदीबाट उच्च जोखिममा रहेका नदीकिनारका बस्ती संरक्षण गर्न यस वर्ष विभिन्न स्थानमा गरी ६.५ किलोमिटर तटबन्ध निर्माण गरिएको हो।

    AGNI GROUP

    “बहुवर्षीय तटबन्ध र यस वर्ष ठेक्का लागेको तटबन्ध गरी नारायणी नदीको नवलपुरतर्फ साढे छ किलोमिटर तटबन्ध निर्माण गरिएको छ,” पौडेलले भने, “नारायणीमा तटबन्धका लागि मेस जाली, बिग बुल्डर (नदी किनारमा ठूला ढुङ्गा राखेर भिरालो बनाउने गरी गरिने तटबन्ध), कङ्क्रिट पर्कोपाइन (छवटा पोललाई त्रिभुजाकार बनाएर त्यसभित्र जाली राखी ढुङ्गा र काठका टुक्रा राखेर कसेपछि नदीमा हालिने तटबन्ध) एवं कङ्क्रिट रिटेनिङ वाल प्रयोग गरिएका छन्।”

    बहुवर्षीय आयोजनाका रूपमा विगतका वर्षमै ठेक्का लागेर तटबन्धको काम ढिला भइरहेको अवस्थामा यस वर्ष उल्लेखनीय प्रगति हासिल भएको पौडेलले बताए। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) तर्फ छ किलोमिटर क्षेत्रमा नारायणी नदी तटबन्धका लागि २०७९ सालमा बहुवर्षीय ठेक्का लगाइएको थियो। गैँडाकोटको वडा नं. ५ देखि ९ सम्मको नदीकिनारमा कङ्क्रिट ब्लकबाट तटबन्ध गर्ने गरी एक अर्ब नौ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको आयोजनाको प्रगति हालसम्म ९८ प्रतिशत पुगेको पौडेलले जानकारी दिए।

    “नवलपुरतर्फको यस स्थानमा गत कात्तिकसम्म जम्मा ४७ प्रतिशत मात्रै प्रगति भएको थियो, हाल काम सम्पन्न हुने चरणमा पुगेको छ,” उनले भने, “नदी तटबन्धसँगै तटबन्धमाथि छ मिटर फराकिलो बाटोसमेत निर्माण गरिएको छ।” यस आयोजनाअन्तर्गत करिब एक किलोमिटर बिग बुल्डर र बाँकी कङ्क्रिट ब्लकबाट तटबन्धको काम भइरहेको उनले जानकारी दिए। बिग बुल्डरको काम पूरा भएको भन्दै उनले कङ्क्रिट ब्लकबाट तटबन्धको काम थोरै मात्र बाँकी रहेको बताए।

    त्यस्तै, विनयी त्रिवेणी गाउँपालिकास्थित त्रिवेणी धाममा पर्ने गजेन्द्र मोक्ष दिव्यधाममा पनि कङ्क्रिट रिटेनिङ वाल निर्माणको काम भएको उनले जानकारी दिए। नारायणी नदीको कटानबाट गजेन्द्र मोक्ष दिव्यधामलाई सुरक्षित बनाउन लगाइएको यस वालको उचाइ सात मिटरसम्म रहेको पौडेलले बताए। यो आयोजनाको काम दुई करोड १७ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको उनको भनाइ छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij