Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण

पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण

  • काठमाडौँ । पोखरा महानगरपालिका– १३ का वडाअध्यक्ष किरण बरालले नगर प्रहरीलाई संयमित भएर व्यवहार गर्न अपिल गरेका छन् । मंगलबार बसेको कार्यपालिका बैठकमा मेयर मार्फत उनले नगर प्रहरीको ध्यानाकर्षण गराएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    पार्किङ विवाद चर्किँदा काठमाडौँमा पठाओ चालक गणेश नेपालीले आत्मदाह गरेको घटना लगत्तै उनले नगर प्रहरीलाई संयमित भएर व्यवहार गर्न अपिल गरेका हुन् । सो घटनासहित देशका विभिन्न स्थानमा ३ जनाको आत्मदाहका कारण ज्यान गयो । बुधबार महोत्तरीमा अर्का एक युवाले आत्मदाहको प्रयास गरेका छन् । उनलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ ।

    AGNI GROUP

    गणेशले नगर प्रहरीसँग विवाद बढेपछि आत्मदाह गरेको बताइएको छ । यद्यपि, यसउपर छानबिन चलिरहेको छ ।

    पोखरामा पनि नगर प्रहरीले फुटपाथमा राखिएका मोटरसाइकल र स्कुटर जफत गर्ने गरेको छ । न्यूरोड क्षेत्रको फुटपाथमा रोकेका सवारी धनीसँग चर्काचर्की गर्ने र जबरजस्ती सवारी साधन भ्यानमा हालेर लैजान गरेपछि कहिलेकाहीँ विवाद पनि बढ्ने गरेको छ । सोही घटनाप्रति लक्षित गरेर बरालले संयमित व्यवहार गर्न सुझाएका हुन् ।

    ‘पार्किङको विषयमा भएको विवादपछि एक नागरिकले आत्मदाह गरेको अत्यन्त दुःखद घटना हामी सबैका लागि गम्भीर चेतावनी बनेको छ,’ उनले भने– ‘कुनै पनि प्रशासनिक कारबाही वा सामान्य विवादले यति दुःखद परिणाम निम्त्याउनु हुँदैन । नियम कार्यान्वयन आवश्यक छ, तर त्यसक्रममा नागरिकसँग गरिने व्यवहार, संवाद र संवेदनशीलता पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ ।’

    उनले नगर प्रहरीलाई नागरिकमैत्री र तनाव व्यवस्थापनसम्बन्धी अभिमुखीकरण तथा तालिमको व्यवस्थाको माग गरेका छन् भने सवारी नियन्त्रण वा जरिवाना गर्ने क्रममा पूर्वजानकारी दिन माग गरेका छन् ।

    तनाव, आक्रोश वा असामान्य अवस्थामा देखिएका सवारी धनीसँग बल प्रयोग नगर्न र संयमित भएर समाधान गर्ने गरी छुट्टै निर्देशिका तयार गर्नुपर्ने बरालको माग छ । पोखरा महानगरपालिकाले फुटपाथका सवारी नियन्त्रणमा लिए पनि सडकमा पार्किङ गराएर ठेक्का लगाउने तयारी गरिरहेको छ । वडाध्यक्ष बरालले पार्किङ व्यवस्थापनलाई व्यवस्थित बनाउन महानगरसँग माग गरेका छन् ।

    ‘अहिले दिनदिनै प्रहरीले सङ्केत बोर्डहरू चलाउने र जरिवाना तिर्न बाध्य पार्ने काम गरिरहेको जनगुनासो छ । हामीले नियम पालना गराउनु नै पर्छ,’ उनी भन्छन्, ‘तर नियम कार्यान्वयनसँगै मानवीय संवेदना, सम्मानजनक व्यवहार र नागरिकको गरिमाको संरक्षण पनि हाम्रो दायित्व हो । यस विषयलाई महानगरले गम्भीर रूपमा लिएर आवश्यक नीतिगत र व्यवहारिक सुधारका लागि पहल गरोस् भन्ने मेरो विनम्र आग्रह छ ।’ 

    यस्तै, उनले मिडियालाई त्रसित बनाउने गरी सञ्चार गृहको गेटमा गरिएको शङ्कास्पद पार्किङ आपत्तिजनक रहेकोले अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij