Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दैछ ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज असार ३१ गते ९१ दिनको अवधिका लागि उक्त १ परिमाणको निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्न लागेको हो ।

    AGNI GROUP

    यस बोलकबोल प्रक्रियामा सहभागी हुन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत आफ्नो आवेदन पेश गर्नुपर्नेछ।

    निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ भने इच्छुक संस्थाहरूले बहुब्याजदरमा समेत बोलकबोल गर्न सक्नेछन् । यसरी संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी असोज २८ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।

    बोलकबोलमा सहभागी हुँदा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निस्शेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

    निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई पहिलो प्राथमिकतामा राखिने सुचनमा उल्लेख छ । समान ब्याजदर प्रस्ताव गर्नेहरूको रकम कुल निष्काशित रकमभन्दा बढी भएमा ‘प्रो–राटा बेसिस’ मा बाँडफाँड हुनेछ ।

    निक्षेप संकलन उपकरणमा लगानी गरेको रकमलाई सम्बन्धित बैंकले अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन्। तर, राष्ट्र बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने गणना गर्न सक्नेछन् ।

    निक्षेप संकलन उपकरणलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा समेत प्रयोग गर्न सकिने सुविधा छ। तोकिएको भुक्तानी मिति अगावै यो निक्षेपको फिर्ता भुक्तानी वा प्रिम्याच्योर भुक्तानी नहुने समेत सूचनामा उल्लेख छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij