Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

प्रधानमन्त्री शाहले महिला उद्यमी महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले महिला उद्यमी महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

  • काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग भेटवार्ता गर्दैछन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमामा केहीबेरमा सुरु हुनेछ ।

    onlinepatrika
    Arghakhachi

    बैठकमा महिला उद्यमशीलताको प्रवर्द्धन, नीतिगत सुधार, उद्योग क्षेत्रमा महिलाको सहभागिता वृद्धि तथा उद्यममैत्री वातावरण निर्माणका विषयमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिबीच छलफल हुने कार्यक्रम रहेको बताइएको छ ।

    AGNI GROUP

    छलफलमा महिला उद्यमी महासंघका अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा तथा कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनेछन् ।

    बैठकमा महिला उद्यमीहरूले आफ्नो क्षेत्रका चुनौती, अवसर तथा सरकारसँगको सहकार्यका सम्भावना’दयगत सुझाव प्रस्तुत गर्ने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij