Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

बढ्दो व्यापार घाटा कम गर्ने विषयमा अमेरिकी पक्षसँग नेपालको चासो

बढ्दो व्यापार घाटा कम गर्ने विषयमा अमेरिकी पक्षसँग नेपालको चासो

  • काठमाडौं । बढ्दो व्यापार घाटा कम गर्ने विषयमा नेपाल सरकारले अमेरिकी पक्षसँग गम्भीर चासो व्यक्त गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सन् २०२५ को डिसेम्बरमा समाप्त भइसकेको ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’को निरन्तरतासँगै बढ्दो व्यापार घाटा कम गर्ने विषयमा नेपालले चासो व्यक्त गरेको हो ।

    AGNI GROUP

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा छलफल भएको हो ।

    भेटमा मन्त्री यादवले सन् २०१५ देखि कार्यान्वयनमा रहेको अमेरिकी व्यापार सहुलियत कार्यक्रमको अवधि सकिएको स्मरण गराउँदै नेपाली वस्तुहरूको अमेरिकी बजारमा पुनस् सञ्चार गराउन र सहुलियतपूर्ण पहुँच सुनिश्चित गर्न अमेरिकी सरकारको सहयोगको अपेक्षा राखेकी छन् ।

    गलैँचा, तयारी पोशाक र पश्मिनाजस्ता वस्तुहरूको निर्यातमा देखिएको व्यापार घाटा कम गर्न ‘व्यापार तथा लगानी ढाँचा सम्झौता’ अन्तर्गतको संयन्त्रलाई नियमित संवादमार्फत सक्रिय बनाउनुपर्नेमा उनको जोड थियो ।

    नेपालले वैदेशिक लगानी आकर्षित गर्न नीतिगत र कानुनी सुधार गरिरहेको जानकारी दिँदै मन्त्री यादवले अमेरिकी लगानीकर्ताहरूलाई लगानी गर्न आह्वान गरिन् । उनले जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग, डिजिटल अर्थतन्त्रका क्षेत्रमा लगानी गर्न आग्रह रहेकी छन् ।

    नेपालले भोगिरहेको व्यापार घाटा कम गर्न प्रविधि हस्तान्तरण र निजी क्षेत्रबीचको साझेदारीलाई बलियो बनाउनुपर्ने आवश्यकता मन्त्री यादवले औंल्याइन् ।

    नेपालको प्रस्ताव र मागहरूप्रति अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले सकारात्मक प्रतिक्रिया दिए । उनले नेपालले राखेका व्यापार सहुलियतको निरन्तरता, लगानी प्रबद्र्धन र व्यापारिक संवादलाई पुनस् सक्रिय बनाउनेलगायत क्षेत्रमा अमेरिकी सरकारको तर्फबाट आवश्यक सहयोग र निरन्तर साझेदारी रहने प्रतिबद्धता व्यक्त गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij