Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

उपभोक्ताको हकहित संरक्षणका लागि सरकारको ध्यानाकर्षण

उपभोक्ताको हकहित संरक्षणका लागि सरकारको ध्यानाकर्षण

  • काठमाडौं । उपभोक्ता जागरण अभियान नेपालले उपभोक्ताको हक हित संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

    onlinepatrika
    Arghakhachi

    मुख्य सचिव गोविन्दबहादुर कार्कीलाई भेटेर अभियानको टोलीले वस्तु र सेवा बजारमा सुशासन कायम गर्न सुझावसहितको ध्यानाकर्षण गराएको हो । अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली नेतृत्वको टोलीले उपभोग्य वस्तु र सेवा क्षेत्रको सार्थक र प्रभावकारी अनुगमन गरी आम उपभोक्ताको हित संरक्षण गराउने तर्फ मुख्य सचिव कार्कीलाई अनुरोध गरेको छ ।

    AGNI GROUP

    नवनियुक्त मुख्यसचिव कार्कीलाई निजामती सेवाको उच्च पदमा नियुक्त भएकोमा बधाई दिँदै अध्यक्ष भण्डारीले वस्तु र सेवा बजारमा सुशासन कायम गर्न संस्थागत सुझाव सहित जागरण अभियानको वार्षिक स्मारिका प्रदान गरेका थिए ।

    अभियानले नयाँ बजेटले गरेका करका प्रावधान ,साउनदेखि सुरु हुने साना ठूला चाडपर्व , अन्तर्राष्ट्रिय कारणले तलमाथि भैरहने पेट्रोलियम पदार्थको मूल्य र त्यसले पार्ने प्रभाव लगायतका कारण वस्तु र सेवाको मुल्यवृद्धिका कारण असहज हुने आपूर्ति व्यवस्थालाई ध्यानमा राखेर सरकारले समयमै चाडपर्व लक्षित कार्ययोजना ल्याउन सुझाव दिएको छ ।

    त्यस्तै, सरकारले २०८३/८४ लाई कानुन सुधार तथा निर्माण वर्षको रूपमा काम गर्ने पहलस्वरुप १६६ कानुन निर्माण र सुधार गर्ने तयारी गरिरँहदा तत्काल उपभोक्ता संरक्षण ऐन, २०७५ लाई पनि सुधार गर्न ध्यानाकर्षण गराइएको कार्कीले बताए ।

    उपभोक्ताको सरोकार लिएर भण्डारीसँगै अभियानका उपाध्यक्ष रोहित दाहाल र महासचिव चिन्तामणि पराजुली, सदस्य मुरारी वस्तीसहितका पदाधिकारी सिंहदरबार पुगेका थिए ।

    सोही क्रममा टोलीले बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पुगेर महानिर्देशक मोतीराम सापकोटा र निर्देशक अनिल किराँतीलाई पनि उपभोक्ताको हक हितका विषयमा भइरहेका गतिविधिका विषयमा ध्यानाकर्षण गराइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij