Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी र कैलालीबाट छ रछ, झापा र मोरङबाट तीनरतीन, नुवाकोट, सुर्खेत र स्याङ्जाबाट दुईरदुई र सिरहाबाट एक जना पक्राउ परेका हुन्।
प्रहरीले उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि बुप्रेनोर्फिन र डाइजेपाम बरामद गरेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij