Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता हुँदै

एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता हुँदै

  • काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध आज (बिहीबार) सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्ने तयारी गरिएको छ। सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानपछि विशेष सरकारी वकिल कार्यालय काठमाडौंले पौडेलसहित १६ प्रतिवादीविरुद्ध पूरक अभियोग दर्ताको तयारी गरेको हो।

    onlinepatrika
    Arghakhachi

    प्रतिवादीमा ८ जना व्यक्ति र ८ वटा कम्पनी छन्। कम्पनीलाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाउन लागिएको हो। सबै व्यक्तिको हकमा छुट्टाछुट्टै बिगो कायम गरिएको छ।

    AGNI GROUP

    पौडेलको हकमा २० करोड ९० लाख बिगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा चलाउने तयारी गरेको हो।

    त्यस्तै शुभी अग्रवालविरुद्ध साढे १३ करोडको बिगो कायम गरिएको छ। एमाले उपाध्यक्ष पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। विभागले अनुसन्धान सकेर ३ दिनअघि सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij