Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने

मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने

  • काठमाडौँ । सरकारी वार्ता टोली र काठमाडौँ आइपुगेका मिटरब्याज पीडितका प्रतिनिधिबिच सिंहदरबारमा पहिलो चरणको वार्ता सम्पन्न भएको छ । बिहीबार साँझ करिब ७ः१५ बजे सुरु भएको पहिलो चरणको छलफल सकिएको र भोलि (शुक्रबार) बिहान ९ः३० बजे दोस्रो चरणको निर्णायक वार्ता हुने तय भएको छ ।

    onlinepatrika
    Arghakhachi

    यसअघि जनकपुरबाट पैदल यात्रा सुरु गरी बाराको निजगढ आइपुगेका पीडितहरू सरकारसँग वार्ता गर्न सहमत भएपछि आज (बिहीबार) साँझ हवाई मार्ग हुँदै काठमाडौँ आइपुगेका हुन् । पीडित पक्षका प्रतिनिधिहरूलाई सिमरा विमानस्थलबाट काठमाडौँ ल्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाएको थियो । गृहमन्त्री सुधन गुरुङले सिमराबाट पीडित पक्षको वार्ता टोलीका सदस्यहरूलाई विमान चढाएर काठमाडौँ पठाएका हुन् ।

    AGNI GROUP

    पीडितहरूले वार्ताका लागि अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता समिति गठन गरेका छन् । उक्त टोलीमा संयोजक कुश्वाहाका साथै मनोज कुमार पासमान, रिजन राना मगर, लक्ष्मी घिमिरे र किरण परियार सदस्य रहेका छन् ।

    यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याज प्रभावित नागरिकको माग सम्बोधन गर्नका लागि सरकारी वार्ता टोली गठन गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा गठित उक्त टोलीमा अर्थ, गृह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेका छन् ।

    जनकपुरबाट पीडितहरू पैदलै काठमाडौँतर्फ प्रस्थान गरेपछि सरकारले यस विषयमा चासो देखाएको थियो । जनकपुरबाट हिँडेको छैटौँ दिनमा उनीहरू निजगढ आइपुगेका थिए । सरकारसँग वार्ता गर्न राजी भएपछि उनीहरूलाई सिमराबाट काठमाडौँ ल्याएर वार्ता प्रक्रिया अघि बढाइएको हो । अब भोलि बिहान बस्ने दोस्रो चरणको वार्तालाई निर्णायक बनाउने दुवै पक्षको तयारी रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij