Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ।
आयोगले शुक्रबार सूचना जारी गर्दै एक जना अध्यक्ष र एक जना महिलासहित दुई जना सदस्य पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।
सूचनाअनुसार इच्छुक उम्मेदवारले आजदेखि साउन १५ गतेसम्म कार्यालय समयभित्र तोकिएको प्रक्रिया पूरा गरी दरखास्त पेश गर्न सक्नेछन्।
उम्मेदवारका लागि आवश्यक न्यूनतम योग्यता, दरखास्त फारम तथा आवेदनसँग संलग्न गर्नुपर्ने कागजातसम्बन्धी विस्तृत विवरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक सेवा आयोगको वेबसाइटमा उपलब्ध गराइएको आयोगले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij