Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

सर्ट सेलिङ कार्यान्वयनका लागि आवश्यक पूर्वाधार तयार गर्न बोर्डको निर्देशन

सर्ट सेलिङ कार्यान्वयनका लागि आवश्यक पूर्वाधार तयार गर्न बोर्डको निर्देशन

  • काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजार सुधार तथा विकासका कार्यक्रमलाई तीव्र रूपमा कार्यान्वयनमा लैजान नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) सँग उच्चस्तरीय छलफल गरेको छ।

    onlinepatrika
    Arghakhachi

    बोर्डले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति तथा कार्यान्वयन योजना र 'नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३' सार्वजनिक गरेलगत्तै बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टको उपस्थितिमा धितोपत्र बजारका दुवै प्रमुख पूर्वाधार संस्थासँग छलफल आयोजना गरेको हो।

    AGNI GROUP

    छलफलमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएका र नेप्से तथा सिडिएससीले कार्यान्वयन गर्नुपर्ने कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा केन्द्रित भएर छलफल भएको बोर्डले जनाएको छ।

    बैठकपछि अध्यक्ष भट्टले बजार विकाससँग सम्बन्धित बोर्डका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना तयार गरी यथाशीघ्र बोर्डमा पेश गर्न नेप्से र सिडिएससीलाई निर्देशन दिएका छन्।

    छलफलका क्रममा पूँजी बजारमा नयाँ वित्तीय उपकरण तथा सेवाको विस्तारलाई प्राथमिकतामा राखिएको थियो। विशेषगरी सर्ट सेलिङ (Short Selling) सेवा सञ्चालनका लागि आवश्यक कानुनी व्यवस्था, जनशक्ति, प्रविधि तथा अन्य संरचनागत पूर्वाधारको तयारीलाई तीव्रता दिनुपर्ने विषयमा पनि जोड दिइएको छ।

    अध्यक्ष भट्टले सर्ट सेलिङ सेवा सञ्चालनका लागि आवश्यक कानुनी संशोधन तथा पूर्वाधार निर्माणमा बोर्डले आवश्यक सबै प्रकारको सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    बोर्डले सार्वजनिक गरेको पूँजी बजार विकास मार्गचित्र र चालु आर्थिक वर्षको नीति तथा कार्ययोजना कार्यान्वयनसँगै बजारलाई थप आधुनिक, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउने लक्ष्य राखिएको छ। त्यसका लागि नेप्से र सिडिएससीको भूमिका महत्वपूर्ण हुने भएकाले कार्यान्वयनको गति बढाउन बोर्डले विशेष जोड दिएको जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij