Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता

मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता

  • काठमाडौँ । मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबिच निर्णायक वार्ता जारी छ । केही बेरपछि सिंहदरबारमा सुरु भएको वार्तामा पीडितका माग सम्बोधनका लागि समझदारी गर्ने तयारी भएको बताइएको छ । 

    onlinepatrika
    Arghakhachi

    सरकार र पीडित अगुवाबिच बिहीबार राति पनि वार्ता भएको थियो । असार २५ गते जनकपुरबाट मार्च पाससहित काठमाडौँ हिँडेका मिटरब्याज पीडितलाई सरकारले बाराको निजगढमै रोकेर गृहमन्त्री सुधन गुरुङले वार्ताको सुरुवात गरेका थिए । 

    AGNI GROUP

    बिहीबारकै मन्त्रिपरिषद् बैठकले समस्या समाधानका लागि वार्ता टोली गठन गरेको थियो । त्यसपछि सङ्घर्ष समितिका अगुवाहरू बिहीबारै बाराबाट काठमाडौँ आएका थिए ।

    वार्ता  मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटासहित गृह, भूमि, अर्थ मन्त्रालयका सहसचिवहरू सहभागी छन् । 

    मिटरब्याज पीडितका तर्फबाट सङ्घर्ष समितिका किसान मजदुर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाह, महासचिव मनोज पासवान, प्रवक्ता रिजन राना मगर सचिवालय सदस्यहरू किरण परियार र लक्ष्मी घिमिरे र संयुक्त जनअधिकार नेपालका निर्ग नवीन सहभागी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij