Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

कर्णालीमा जीवन शाहीको मुख्यमन्त्री बन्ने सम्भावना बलियो

कर्णालीमा जीवन शाहीको मुख्यमन्त्री बन्ने सम्भावना बलियो

  • काठमाडौं । कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्ने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    नेकपाको समर्थनमा बिहीबार मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै शाहीको नेतृत्वमा नयाँ सरकार गठन हुने प्रक्रिया अघि बढेको हो ।

    AGNI GROUP

    कांग्रेस, नेकपा तथा स्वतन्त्र सांसदसहित १६ जना प्रदेश सभा सदस्यले संविधानको धारा १८८ बमोजिम अविश्वासको प्रस्ताव दर्ता गर्दै शाहीलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरेका छन् ।

    यसअघि एमाले नेतृत्वको सरकारमा सहभागी कांग्रेसले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएको थियो ।

    कांग्रेसका प्रमुख सचेतक हिक्मतबहादुर विष्टका अनुसार मुख्यमन्त्री कँडेलले राजीनामा नदिएपछि अविश्वासको प्रस्ताव दर्ता गर्नुपरेको हो ।

    विष्टले नेकपासँग सरकार गठनबाहेक अन्य विषयमा हालसम्म कुनै विस्तृत सहमति नभएको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij