Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौँ । सवारी चालक अनुमति पत्र (इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीका लागि यातायात व्यवस्था विभागले अनलाइनमार्फत सेवा उपलब्ध गराउने भएको छ ।
आगामी २०८३ साल साउन १ गतेदेखि लागू हुने गरी यो सेवा सुरु हुन लागेको हो । अब लाइसेन्सका लागि फारम भर्दा सेवा लिन चाहनेहरुले राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्युआर स्क्यानरबाट स्क्यान गरी अटोफिलमार्फत सजिलै फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ । अन्यको हकमा भने साविकअनुसार नै हुनेछ ।
सेवाग्राहीलाई थप सहजता प्रदान गर्न राजस्व भुक्तानीसमेत अनलाइनमार्फत नै गर्न सकिने व्यवस्था गरिएको छ । यदि सेवा प्रवाहका क्रममा कुनै किसिमका समस्या, गुनासो वा सुझाव आएमा विभागको आधिकारिक इमेलमा सम्पर्क गर्न सकिनेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij