Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

रविलाई जेलमुक्त गर्ने बने विषेश अदालतको अध्यक्ष

रविलाई जेलमुक्त गर्ने बने विषेश अदालतको अध्यक्ष

  • काठमाडौं । न्यायपरिषदले विशेष अदालतको नेतृत्व परिवर्तन गर्दै अध्यक्ष सुदर्शनदेव भट्टलाई उच्च अदालत सुर्खेत सरुवा गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    भट्टको स्थानमा हाल सर्वोच्च अदालतमा काजमा रहेका उच्च अदालतका न्यायाधीश वासुदेव आचार्यलाई विशेष अदालतको अध्यक्ष नियुक्त गर्न सरकारलाई सिफारिस गरिएको छ ।

    AGNI GROUP

    न्यायाधीश आचार्य यसअघि उच्च अदालत बुटवल इजलासमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बैंक ग्यारेन्टीका आधारमा थुनामुक्त गर्न आदेश दिएका कारण चर्चामा आएका थिए ।

    न्यायपरिषदले करिब ११ महिनामै विशेष अदालतको नेतृत्व परिवर्तन गरेको हो ।

    स्रोतका अनुसार केही मुद्दाको फैसला र आदेशपछि नेतृत्वमाथि प्रश्न उठेकाले अध्यक्ष मात्रै सरुवा गर्ने निर्णय गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij