Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौँ । हङकङमा अघोषित निर्वासित जीवन बिताइरहेका काँग्रेस पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लडेर घाइते भएका छन् ।
काँग्रेस उच्च श्रोतका अनुसार देउवा शौचालयमा लडेर घाइते भएका हुन् । उनको एउटा हात भाँचिएको छ । घटना गत साताको हो । देउवा हाल उपचारपछि आराम गरिरहेको बताए ।
आफू लडेर घाइते भएको बारे देउवाले काँग्रेस पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रमेश लेखक लगायतलाई जानकारी गराएका छन् ।
नेता खड्कासँग भेटेका सो समूहका एक केन्द्रीय सदस्यले पनि देउवा घाइते भएको पुष्टि गरे । ‘शेरबहादुर दाई’ ट्वाइलेटमा लडेर घाइते भएको भन्ने सुनेको छु’, ती नेताले भने, ‘हात भाँचिएको कुरा आएको छ ।’
देउवा गत २१ फागुनको निर्वाचन हुनुभन्दा एक साताअघि १३ फागुनको राति नियमित उपचारका लागि भन्दै स्वकीय सचिवसमेत रहेका भतिजा भानु देउवासहित सिंगापुर उडेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij