Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

२ घण्टामा ६२ अंक बढ्यो सेयर बजार

२ घण्टामा ६२ अंक बढ्यो सेयर बजार

  • काठमाडौं । शुक्रबार सुरुवातदेखि नै सेयर बजारमा उत्साह देखिएको छ । कारोबार सुरु भएको २ घण्टामै बजार परिसूचक नेप्से ६२ अंक बढेको छ । सो वृद्धिपछि १ बजेसम्म नेप्से परिसूचक २६६० अंकमा कायम भएको छ ।

    onlinepatrika
    Arghakhachi

    यतिबेलासम्म २ अर्ब २६ करोडको कारोबार भएको छ । बजारका सबै समूहगत सूचक बढेका छन् । जलविद्युत् र उत्पादन ३ प्रतिशतभन्दा धेरै बढेका छन् । त्यस्तै होटल, अन्य र फाइनान्स २ प्रतिशतभन्दा धेरै बढेका छन् ।

    AGNI GROUP

    २५२ कम्पनीको मूल्य बढ्दा २० को मात्रै घटेको छ । धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, रिडी पावर, रिलायन्स स्पिनिङ र ङादी ग्रुप छन् ।

    आजदेखि नै सेयर बजारमा बढेको पूँजीगत लाभकर लागु भएको छ । १ वर्षभन्दा बढी अवधि होल्ड गरेर बेचेको सेयरमा नाफाको साढे ७ प्रतिशत र १ वर्षभन्दा कम अवधि होल्ड गरेर बेचेको सेयरमा आजदेखि १० प्रतिशत पूँजीगत लाभकर लागु भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij