Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

विराटनगर भन्सारको राजश्व असुलीमा सुधार

विराटनगर भन्सारको राजश्व असुलीमा सुधार

  • काठमाडौं । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा निर्धारण गरिएको राजश्व लक्ष्यको ८५ दशमलव ५२ प्रतिशत मात्र संकलन गर्न सकेको छ। यद्यपि, अघिल्लो आर्थिक वर्षको तुलनामा राजश्व असुलीको प्रतिशतमा सुधार देखिएको छ।

    onlinepatrika
    Arghakhachi

    प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार गत आर्थिक वर्षका लागि ४१ अर्ब ३४ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य तोकिएको थियो। त्यसमध्ये ३५ अर्ब ३६ करोड रुपैयाँ राजश्व असुल भएको हो।

    AGNI GROUP

    अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा विराटनगर भन्सारले लक्ष्यको ८० दशमलव ५१ प्रतिशत राजश्व मात्र संकलन गरेको थियो। यस आधारमा चालु वर्षको असुली दर ५ दशमलव ०१ प्रतिशत बिन्दुले बढेको देखिन्छ।

    तर, लक्ष्यको करिब ६ अर्ब रुपैयाँ बराबर राजश्व संकलन हुन नसक्दा निर्धारित लक्ष्य भने पूरा हुन सकेन। लक्ष्यको तुलनामा असुलीमा सुधार आए पनि राजश्व संकलन अझ प्रभावकारी बन्न सकेको देखिँदैन।

    राजश्व संकलन बृद्धिका लागि आयात–निर्यात गतिविधि, व्यापारिक वातावरण तथा भन्सार प्रशासनको कार्यक्षमतामा थप सुधारको खाँचो रहेको सरोकारवालाले जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij