Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

नारायणगढ–काठमाडौँ सडकखण्डमा आज रातिदेखि सवारी आवागमन बन्द

नारायणगढ–काठमाडौँ सडकखण्डमा आज रातिदेखि सवारी आवागमन बन्द

  • काठमाडौं । नारायणगढ–मुग्लिन–हुँदै काठमाडौँ सडक जाने खण्डमा आज राती १० बजेदेखि सवारी आवागमन बन्द गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    धादिङलगायतका जिल्लाहरूमा लगातार पानी पर्न थालेको र मौसम पूर्वानुमान अनुसार थप वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय चितवनले चितवनको नारायणगढ हुँदै मुग्लिन र काठमाडौं जाने सडक आज राति १० बजेदेखि बन्द गरेको हो ।

    AGNI GROUP

    जिल्ला प्रशासन कार्यालय, चितवनले केहीबेर अघि एक सूचना जारी गर्दै रातिको समयमा यात्रा गर्दा हुन सक्ने जोखिमलाई मध्यनजर गरी अर्को सूचना प्रकाशत नभएसम्मका लागि सबै प्रकारका सवारी साधनको आवागमनमा रोक लगाइएको जनाएको छ।

    प्रमुुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा सडक बन्द हुँदा आवश्यक समन्वय, सहयोग तथा सहजीकरणका लागि सम्पर्क गर्ने फोन नम्बरहरु पनि दिइएको छ ।

    जसमा नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बल नेपाल १११४, जिल्ला आपतकालीन केन्द्रको १२३४ र जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारीलाई ९८५५०१३९९९ मा सम्पर्क गर्न अनुरोध पनि गरिएको छ ।

    745411524_2807179866334720_853642305942201789_n-425x600.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij