Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी आज स्वदेश फर्किएका छन । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेताहरू तथा कार्यकर्ताले स्वागत गरेका थिए।

    onlinepatrika
    Arghakhachi

    संयोजक प्रचण्ड जुलाई १५ मा श्रीलंका गएका थिए । भ्रमणका क्रममा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलन मा प्रमुख वक्ताका रूपमा सहभागिता जनाउँदै उद्घाटन तथा समापन दुवै सत्रलाई सम्बोधन गरेको उनको सचिवालयले जनाएको छ।

    AGNI GROUP

    उद्घाटन सत्रमा प्रचण्डले विश्वव्यापी शक्ति सन्तुलनमा देखिएका परिवर्तन, साम्राज्यवाद र नवउदारवादका चुनौती, दक्षिण एशियाली जनआन्दोलनहरूको अनुभव तथा २१औँ शताब्दीको समाजवादको राजनीतिक रूपरेखा ’दयगत आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए । समापन सत्रमा उनले एशियाली जनताबीच एकता, शान्ति, सामाजिक न्याय र साझा संघर्षलाई अझ सुदृढ बनाउन अन्तर्राष्ट्रिय प्रगतिशील शक्तिहरू बीच सहकार्य आवश्यक रहेको धारणासमेत राखेका थिए ।

    भ्रमणका क्रममा संयोजक प्रचण्डले ग्लोबल साउथ एकेडेमिक फोरमलाई विशेष अन्तर्वार्ता पनि दिएको जनाइएको छ। उक्त अन्तर्वार्तामा उनले नेपालको शान्ति प्रक्रिया, जनयुद्धबाट लोकतान्त्रिक गणतन्त्रसम्मको राजनीतिक यात्रा, समकालीन विश्व राजनीतिमा वामपन्थी आन्दोलनका चुनौती तथा नेपालको समाजवादी रूपान्तरणको कार्यदिशा’दयगत विस्तृत धारणा व्यक्त गरेका छन ।

    श्रीलंका बसाइका क्रममा संयोजक प्रचण्डले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक शक्तिहरूसँग उच्चस्तरीय भेटवार्ता गरेका तथा श्रीलंकाको कम्युनिस्ट पार्टीका महासचिव तथा पोलिटब्युरो सदस्यहरूसँग दुईपक्षीय छलफल गरी नेपाल र श्रीलंकाबीचको कम्युनिस्ट आन्दोलनका अनुभव, लोकतान्त्रिक अभ्यास, आर्थिक रूपान्तरण तथा अन्तर्राष्ट्रिय प्रगतिशील शक्तिहरूबीच सहकार्य विस्तारका विषयमा विचार आदानप्रदान गरेका छन ।

    त्यसैगरी, श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुनाका महासचिव तिल्भिन सिल्भा तथा पार्टीको पोलिटब्युरोसँग भएको छुट्टै भेटवार्तामा दुई देशका कम्युनिस्ट आन्दोलन, वर्तमान राजनीतिक परिस्थिति, दक्षिण एशियामा वामपन्थी सहकार्य, सुशासन, आर्थिक विकास तथा जनमुखी नीतिका अनुभव’दयगत विस्तृत छलफल भएको थियो। उक्त भेटमा नेपाल र श्रीलंकाका प्रगतिशील शक्तिबीच राजनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत सहमति व्यक्त गरिएको थियो।

    भ्रमणका क्रममा संयोजक प्रचण्डले विभिन्न देशबाट सहभागी भएका राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता तथा प्रगतिशील बौद्धिक व्यक्तित्वहरूसँग पनि भेटघाट गर्दै आपसी सम्बन्ध विस्तार भएको उनको सचिवालयको भनाइ छ । सम्मेलनका क्रममा भएका छलफलहरूले एशियाली क्षेत्रका प्रगतिशील आन्दोलनहरूबीच सहकार्य र ऐक्यबद्धतालाई नयाँ ऊर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन्।

    श्रीलंका भ्रमणले नेपालको कम्युनिस्ट आन्दोलनका अनुभवलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुका साथै दक्षिण एशियाली वामपन्थी शक्तिहरूसँग राजनीतिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण योगदान पुगेको पार्टीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij