Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

चितवन राष्ट्रिय निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन राष्ट्रिय निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

  • काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तुले पुर्‍याएको क्षतिबापत एक करोड २९ लाख ९८ हजार ३०७ रुपैयाँ राहत वितरण गरिएको छ । वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्नबाली, पशुधन, घरगोठ र अन्य क्षतिबापत उक्त रकम वितरण गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुका कारण सामान्य घाइते भएका व्यक्तिको उपचारका लागि एक लाख ३४ हजार १७६ रुपैयाँ, गम्भीर घाइतेको उपचारका लागि २९ लाख ४२ हजार ४८१ रुपैयाँ र मृत्यु भएका पाँच जनाका परिवारलाई ५० लाख रुपैयाँ राहत प्रदान गरिएको छ ।

    AGNI GROUP

    यस्तै, पशुधनमा भएको क्षतिबापत २३ लाख ६० हजार २०० रुपैयाँ, भण्डारण गरिएको अन्नको क्षतिबापत ७० हजार रुपैयाँ, घरगोठको क्षतिबापत तीन लाख ३९ हजार ६५० रुपैयाँ, अन्नबालीको क्षतिबापत २१ लाख आठ हजार ३०० रुपैयाँ र कुखुराको क्षतिबापत ४३ हजार ५०० रुपैयाँ राहत वितरण गरिएको उनले बताए ।

    चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र आसपासका बासिन्दालाई वन्यजन्तुले पुर्‍याएको क्षतिबापत हरेक वर्ष राहत उपलब्ध गराउँदै आएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij