Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

च्याउ टिप्न निकुञ्ज गएका १४ महिला बेपत्ता

च्याउ टिप्न निकुञ्ज गएका १४ महिला बेपत्ता

  • काठमाडौँ । कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् । भीमदत्त नगरपालिका–१९ स्थित बागफाँटाका महिला आइतबारदेखि सम्पर्कविहीन भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार उनीहरू आइतबार बिहान ११ बजेतिर च्याउ टिप्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र गएका थिए ।

    AGNI GROUP

    बेपत्ता हुनेमा दशरथ टोलकी सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेको प्रहरीले जनाएको छ ।

    उनीहरू दुईवटा छुट्टाछुट्टै समूह बनाएर च्याउ खोज्न जंगलतर्फ लागेका थिए । साँझसम्म पनि घर नफर्किएपछि आफन्त र प्रहरीले खोजी कार्य तीव्र बनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij