Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको असार ३२ गते बसेको बैठकले बसन्तराज राउतलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ।
बैठकले कम्पनीको व्यवस्थापनलाई अझ प्रभावकारी, उत्तरदायी तथा व्यावसायिक बनाउने उद्देश्यले बसन्तराज राउतलाई साउन १ गतेदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ।
उक्त नियुक्ती कम्पनीको प्रवन्धपत्र नियमावली लागू कानुन तथा नियामकीय व्यवस्था बमोजिम गरिएको सोलु हाइड्रोपावर लिमिटेडका अध्यक्ष सुभाषचन्द्र संघईले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij