Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

सुकुना मावि यौन दुर्व्यवहार आरोप प्रकरण : ३ जना पक्राउ, थप अनुसन्धान तीव्र

सुकुना मावि यौन दुर्व्यवहार आरोप प्रकरण : ३ जना पक्राउ, थप अनुसन्धान तीव्र

  • काठमाडौँ । मोरङको सुन्दरहरैंचा–१० स्थित सुकुना माध्यमिक विद्यालयमा विद्यार्थीमाथि यौन दुर्व्यवहार भएको आरोपसँग सम्बन्धित घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय मोरङले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अनुसन्धानका क्रममा संलग्न देखिएका प्रदीप भट्टराई ९४००, किशोरलाल गच्छदार ९३०० र अविरल मास्के ९३५० लाई आइतबार बिहान करिब १० बजे नियन्त्रणमा लिइएको हो।

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी तथा प्रवक्ता मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ भने घटनामा अन्य व्यक्तिको समेत संलग्नता रहेको खुलेमा कानुनबमोजिम थप कारबाही गरिने जनाएको छ।

    डीएसपी तथा प्रवक्ता मिश्रले अनुसन्धान निष्पक्ष र तथ्यमा आधारित ढंगले अघि बढिरहेको उल्लेख गर्दै अपुष्ट सूचना, अफवाह वा अनुसन्धानलाई प्रभावित पार्ने किसिमका टिप्पणी तथा सामग्री सामाजिक सञ्जालमा नफैलाउन सबैमा आग्रह गरेका छन्।

    विद्यार्थीमाथि भएको भनिएको दुर्व्यवहारको घटनाले स्थानीय समुदायमा गम्भीर चासो सिर्जना गरेको छ। यसअघि विद्यालयले पनि अनुसन्धानलाई सहज बनाउन आरोप लागेका कर्मचारीलाई निलम्बन गरेको जनाएको थियो। अब प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा थप कानुनी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

    40163ccf-0886-4736-a53f-97f50b0f0ea1-724x1024.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij