Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

रौतहटमा रगत लत्पतिएको शंकास्पद बोरा भेटियो, अनुसन्धानमा प्रहरी

रौतहटमा रगत लत्पतिएको शंकास्पद बोरा भेटियो, अनुसन्धानमा प्रहरी

  • काठमाडौँ । रौतहटको सदरमुकाम गौरबाट पुरेनवातर्फ जाने सडकखण्डमा रहेको हनुमान मन्दिर नजिक सडकमा रगतले लतपत भएको शंकास्पद बोरा फेला परेको छ ।

    onlinepatrika
    Arghakhachi

    सोमबार फेला परेको उक्त बोराबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटको टोली घटनास्थलमा पुगेर आवश्यक सुरक्षा घेरा कायम गर्दै अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

    AGNI GROUP

    बोराभित्र के रहेको भन्ने विषय तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी बोरा खोल्ने तथा थप अनुसन्धान गर्ने तयारी भइरहेको छ ।

    घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको प्रकृति, कारण तथा बोराभित्र रहेको वस्तुबारे अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij