Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

नेपाल पुनर्बीमा कम्पनी घाटामा, वित्तीय अवस्था धराशायी बन्दै

नेपाल पुनर्बीमा कम्पनी घाटामा, वित्तीय अवस्था धराशायी बन्दै

  • काठमाडौं । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    उक्त विवरणअनुसार अघिल्लो आव चैत मसान्तसम्मको तुलनामा गत आवको सोही अवधिमा कम्पनी ठूलो घाटामा पुगेको हो ।

    AGNI GROUP

    अघिल्लो आवको चैत मसान्तसम्म ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनी गत आवको चैत मसान्तसम्म ५ अर्ब ८४ करोड रुपैयाँ घाटामा पुगेको हो। दाबी भुक्तानीमा ह्वात्तै वृद्धि र आम्दानी समेत खुम्चेका कारण कम्पनीको नाफामा उच्च गिरावट आई घाटामा पुगेको हो ।

    समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७ अर्ब १२ करोड रुपैयाँबाट १८ प्रतिशतले घटेर ५ अर्ब ८३ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ। यता कम्पनीको कुल आम्दानी पनि ८ अर्ब ५७ करोड १७ लाख रुपैयाँबाट २२ प्रतिशतले घटेर ६ अर्ब ८१ करोड १६ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।

    समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ५ अर्ब १७ करोड ८८ लाख रुपैयाँबाट दोब्बरभन्दा बढीले वृद्धि भई १० अर्ब ८३ करोड ४५ लाख रुपैयाँ नाघेको छ। कम्पनीको कुल खर्च पनि ७ अर्ब ७८ करोड ८५ लाख रुपैयाँबाट बढेर १२ अर्ब ५२ करोड १९ लाख रुपैयाँ नाघेको तथ्यांकले देखाएको छ ।

    चुक्ता पूँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ सञ्चिति रहेको छ भने जगेडा कोषमा ४ अर्ब ९० करोड ६५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। कमपनीको प्रतिशेयर आम्दानी ४.०८ रुपैयाँबाट ह्वात्तै घटेर ४३.५१ रुपैयाँ ऋणात्मक भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १०९.२० रुपैयाँ कायम भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij