Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । भारत भ्रमण रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मासहित पाँच देशका वरिष्ठ न्यायाधीशलाई भारतीय सर्वोच्च अदालतमा स्वागत गरिएको छ। भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्य कान्तले शुक्रबार सर्वोच्च अदालतको इजलास नम्बर १ मा लगेका थिए। त्यही पाहुनाहरूको परिचय गराएका थिए।
नेपालका प्रधानन्यायाधीश शर्मासँगै बेलायतको सर्वोच्च अदालतका न्यायाधीश, भुटानको सर्वोच्च अदालतका न्यायाधीश, ब्राजिल र केन्याका न्यायाधीशहरू भारत भ्रमणमा रहेका छन्।
भारतको सर्वोच्च अदालतमा भारतका महान्यायाधिवक्ता आर वेन्कटारमणिले प्रतिनिधिमण्डललाई स्वागत गर्दै भारतलाई विविध परम्परा र न्यायिक मूल्य-मान्यताको संगमस्थलको रूपमा वर्णन गरेका थिए। ‘भारत संस्कृति र मूल्य-मान्यताको संगम हो,’ उनले भने।
शुक्रबार साँझ अन्तरक्रिया समेत हुने उनले जानकारी दिए। त्यसमा भारतीय न्यायशास्त्र’दयगत थप जानकारी गराइने उनले बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij