Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

६ नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म कार्यमै रहन निर्देशन

६ नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म कार्यमै रहन निर्देशन

  • काठमाडौं । सरकारले विभिन्न ६ देशमा कार्यरत नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म स्वदेश नफर्कन निर्देशन दिएको छ। कार्यकाल पूरा गरेर नेपाल फर्कने तयारीमा रहेका उनीहरूलाई तत्कालका लागि सम्बन्धित मुलुकमै रहन भनिएको हो।

    onlinepatrika
    Arghakhachi

    परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार बहराइन, बंगलादेश, ब्राजिल, म्यानमार, अस्ट्रिया र इजिप्टका लागि नेपाली राजदूतलाई यस्तो निर्देशन दिइएको छ।

    AGNI GROUP

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिमा ढिलाइ भएपछि उनीहरूको कार्यकाल निरन्तरता दिने निर्णय गरेको हो।

    हाल बंगलादेशका लागि घनश्याम भण्डारी, बहराइनका लागि तीर्थराज वाग्ले, ब्राजिलका लागि निर्मलराज काफ्ले, म्यानमारका लागि हरिश्चन्द्र घिमिरे, अस्ट्रियास्थित राष्ट्रसंघीय स्थायी नियोगका स्थायी प्रतिनिधि भरत रेग्मी र इजिप्टका लागि सुशील लम्साल नेपाली राजदूतका रूपमा कार्यरत छन्।

    सरकारले नयाँ राजदूत नियुक्ति वा अर्को निर्णय नभएसम्म उनीहरूलाई जिम्मेवारीमै रहन आग्रह गरेको हो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij