Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

पक्राउ

६ लाख ६५ हजार रुपैयाँसहित नेपाल सरकारका उपसचिव पक्राउ

६ लाख ६५ हजार रुपैयाँसहित नेपाल सरकारका उपसचिव पक्राउ

  • काठमाडौं । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ विराटनगर विमानस्थलबाट पक्राउ परेका छन् । नेपाल सरकारका उपसचिव उनी ६ लाख ६५ हजार रुपैयाँ नगदसहित पक्राउ परेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङ गत ३ साउनमा बुद्ध एयरको विमानमार्फत विराटनगरबाट काठमाडौं आउने क्रममा पक्राउ परेका थिए । उनी पक्राउ परेको विवरण प्रहरीले आज मात्रै सार्वजनिक गरेको हो ।

    AGNI GROUP

    उनको साथबाट १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान नोट गरी ६ लाख ६५ हजार रुपैयाँ फेला परेको जनाइएको छ । बरामद रकमको स्रोत खुलाउन नसकेपछि विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको स्रोतको भनाइ छ । पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाइएको थियो ।

    मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले पक्राउ पर्दा बरामद भएको रकमको स्रोत पुष्टि गर्न नसकेका कारण उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij