Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

पक्राउ

लमजुङमा भानुभक्तको शालिक तोडफोड गर्ने व्यक्ति पक्राउ

लमजुङमा भानुभक्तको शालिक तोडफोड गर्ने व्यक्ति पक्राउ

  • काठमाडौं । लमजुङमा आदिकवि भानुभक्त आचार्य र घाँसी खड्कबहादुर ठाडा मगरको शालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका-७ का ३४ वर्षीय रोशन कुँवर रहेको प्रहरीले जनाएको छ । गत बुधबार मध्यनेपाल नगरपालिका-४ दुई पिप्ले बगैंचास्थित भानु घाँसी संवाद पार्कभित्र रहेको उक्त शालिकहरु तोडफोड भएको थियो ।

    AGNI GROUP

    इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको कमाण्डमा खटिएको टोलिले कुँवरलाई शुक्रबार पक्राउ गरेको हो । कुँवरविरुद्ध अपराधिक उपद्रव शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij