Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

एकान्तकुना दुर्घटना अपडेट : अञ्जुको निधनपछि विद्यार्थीहरुको हुलै आक्रोशित

एकान्तकुना दुर्घटना अपडेट : अञ्जुको निधनपछि विद्यार्थीहरुको हुलै आक्रोशित

  • बुधवार बिहान साढे ५ बजे स १ ज ५६७ नम्बरको गाडीको ठक्करबाट कोटेश्वर क्याम्पसमा अध्ययनरत १९ वर्षकी अन्जु दाहालको मृत्यु भएको प्रहरी परिसर ललितपुरले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर । जीपको ठक्करबाट मृत्यु भएकी १९ वर्षीया अञ्जु दाहालको दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीले सडक अवरुद्ध गरेका छन् । अञ्जुको मृत्यु भएपछि कोटेश्वर मल्टिपल क्याम्पसका विद्यार्थीले बुधवार जावलाखेलमा सडक अवरुद्ध पारेका हुन् । दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै उनीहरुले सडक अवरुद्ध गरेका छन् ।

    AGNI GROUP

    बिए पहिलो वर्षमा अध्ययनरत अञ्जुका साथीहरू जावलाखेलमा आएर भुँईमा सुतेर प्रदर्शन गरिरहेका छन्। उनीहरूले दोषीलाई कारबाही गर,  पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर लगायतका नारा लगाएर सडकमै बसेका छन्।

    बुधवार बिहान साढे ५ बजे स १ ज ५६७ नम्बरको गाडीको ठक्करबाट कोटेश्वर क्याम्पसमा अध्ययनरत १९ वर्षकी अन्जु दाहालको मृत्यु भएको प्रहरी परिसर ललितपुरले जनाएको छ।

    एकान्तकुनाको आकाशे पुल नजिकै सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट घाइते दाहालको पाटन अस्पतालमा बिहान साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij