Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । भारत उत्तराखण्डका नयाँ मुख्यमन्त्री तीरथ सिंह रावतले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ’भगवान राम’सँग तुलना गरेका छन्। टाइम्स अफ इण्डियाको एक रिपोर्टअनुसार तीरथ सिंह रावतले सार्वजनिक कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ’भगवान राम’सँग तुलना गरेका हुन्। उनले भने, आज विभिन्न देशका नेताहरू प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोटो खिच्न लाइन लागेका छन् । जुन पहिले भन्दा विपरित भएको हो । पहिला कुनै पनि विश्व नेताहरुलाई हाम्रो देशको शिर्ष नेतासँग कुनै फरक पर्दैन थियो। तर, यो सबै परिवर्तन प्रधानमन्त्री नरेन्द्र मोदीको कारणले भएको हो। जसले नयाँ भारतको सिर्जना गरेको छ।’
मुख्यमन्त्रीले आइतबार एक सामाजिक संगठनले आयोजना गरेको कार्यक्रम ’नेत्र कुम्भ’ मा उक्त कुरा भनेका थिए। ’मोदी जिन्दावाद’ का नाराका बीच मुख्यमन्त्री चलेको बेला रावतले ’भगवान रामले समाजको लागि राम्रो काम गरेका थिए, त्यसैले मानिसहरूले उनलाई भगवान ठान्न थाले। त्यसैले, भविष्यमा हाम्रा प्रिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि समाजको कल्याण गरेको हुँदा भगवान रामसँग तुलना गरिने छ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij