Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

कोरोना संक्रमणको हल्लाबिच तान्जनियाका राष्ट्रपतिको निधन

कोरोना संक्रमणको हल्लाबिच तान्जनियाका राष्ट्रपतिको निधन

  • काठमाडौँ । तान्जनियाका राष्ट्रपति जोन मगुफुलीको निधन भएको छ। मुटुको समस्या रहेका ६१ वर्षीय राष्ट्रपतिको उपचारको क्रममा मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले पुष्टि गरेका छन्। करिब दुईसाता देखि सार्वजनिक कार्यक्रममा देखा नपरेका मगुफुलीको स्वास्थ्यबारे विभिन्न हल्लाहरु चलेको थियो। गत हप्ता विपक्षीहरुले राष्ट्रपतिलाई कोरोना भाइरसको संक्रमण देखिएको दाबी गर्दै आइरहेका थिए। तर सरकारी पक्षले त्यसलाई पुष्टि गरेको छैन। प्रहरीले राष्ट्रपतिको स्वास्थ्यबारे गलत हल्ला फैलाएको आरोपमा सोमबार चारजनालाई नियन्त्रणमा समेत लिएको थियो।

    onlinepatrika
    Arghakhachi

    गत जुनमा मगुफुलीले तान्जनियालाई कोरोना भाइरस संक्रमण मुक्त देश घोषणा गरेका गिए। उनले कोरोना भाइरसको संक्रमणसँग जुध्न, मास्कको प्रयोग गर्न, परीक्षण गर्न लगायतका विषयलाई हल्का रुपमा लिएका थिए। मे महिनायता तान्जानियाले कोरोना भाइरसको संक्रमणबारे कुनै सूचना सार्वजनिक पनि गरेको छैन।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij