Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । महानगरिय प्रहरी परिसर ललितपुर प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले सुरक्षामा सम्झौता नगर्न निर्देशन दिएका छन् । एसएसपी पोखरेलले ललितपुर महानगरभित्रका इन्चार्जहरुलाई एकै ठाउँ भेला पारेर निर्देशन दिएका हुन् ।
बुधबार बिहानै मातहतका ईन्चार्जलाई बैठकमा एसएसपी पोखरेलले भने, ‘सुरक्षाका सम्बन्धमा कुनै सम्झौता नहोस् ।’ ललितपुरको कमाण्ड सम्हाल्न आएकै दिन नरम देखिएका एसएसपी पोखरेलले ललितपुरमा सुरक्षा रणनीतिलाई कडा बनाउन अहिले गरम बनेको चर्चा परिसरभित्र चलेको छ ।
एसएसपी पोखरेलले सहज ढंगले मातहतका ईन्चार्जलाई सक्रिय बनाएर अघि बढाउन खोजिएको देखिन्छ, बैठकमा सहभागी एक इन्चार्जले अनलाइन पत्रिकालाई भने, ‘सुरक्षाकै सवालमा केन्द्रित हुँदै अघि बढ्न निर्देशन दिनुभएको हो ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij