
Jul 16 2025 | २०८२, असार ३२ गते
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको अबको महाधिवेशनमार्फत राजानीतिबाट सन्यास लिनसक्ने बताएका छन् ।
आज धनुषामा पत्रकारहरुसँग बोल्दै उनले अब युवाहरुलाई अवसर दिनुपर्ने समय आएको भन्दै आगामी पार्टीको आगामी महाधिवेशनाट सन्यास लिन सक्ने संकेत गरेका छन् ।
राजनीतिमा अब युवाहरुलाई अवसर दिनुपर्ने भन्दै अन्य ७० वर्ष कटेका नेताहरुलाई पनि राजनीतिबाट सन्यास लिन उनले पार्टीको तर्फबाट आग्रह गरे ।
देश विकासका लागि राजनीतिक पुस्तान्तरण पनि आवश्यक भएकाले अब सन्यासको बाटोमा लाग्ने उनको भनाइ छ । पछिल्लो निर्वाचनले ठूला दलहरुलाई शुभ संकेत नगरेको उनले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij