Logo

Jul 16 2025 | २०८२, असार ३२ गते

Jul 16 2025 | २०८२, असार ३२ गते

लुम्बिनीमा मन्त्रिपरिषद् गठन

लुम्बिनीमा मन्त्रिपरिषद् गठन

  • काठमाडौँ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको नेतृत्वमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रिपरिषद् गठन गरेका छन् । नेपाली कांग्रेससँगै नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी भएका छन् ।

    images
    images
    images

    माओवादीबाट धनबहादुर मास्की, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी र लोसपाबाट सन्तोष पाण्डे मन्त्री बनेका हुन् । आज शुक्रबार मुख्यमन्त्री चौधरीले शपथ लिएका छन् । मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुख शेरचनलेपद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

    images

    त्यस्तै तीनै जना मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । मास्की दाङ–३ ‘ख’ बाट, चौधरी बर्दिया–२ ‘ख’ बाट र पाण्डे रूपन्देही–२ ‘ख’ बाट निर्वाचित भएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij