Logo

Jul 09 2025 | २०८२, असार २५ गते

Jul 09 2025 | २०८२, असार २५ गते

बजेटमाथि छलफल गर्न बागमती प्रदेशसभा बैठक बस्दै

बजेटमाथि छलफल गर्न बागमती प्रदेशसभा बैठक बस्दै

  • काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा बैठक प्रदेश सभा भवन हेटौडामा आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    तर, प्रमुख प्रतिपक्ष दल एमालेसहित राप्रपाले बजेट विभेदकारी रहेको भन्दै विरोध गर्दै आएकाले यसअघिका लागि तय भएका बैठक समेत बस्न सकेका छैनन् । यसअघि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि बैठक ३ दिनका लागि स्थगित गरिएको थियो ।

    images

    हिजो पनि २ बजेका लागि बोलाइएको बैठक ढिलो गरी ४ बजे सुरू भए पनि प्रतिपक्षले विभिन्न माग राखेर नाराबाजी गरे पछि बैठक स्थगित भएको थियो । एमालेले हिजो नै पत्रकार सम्मेलन गरी ११ बुँदे माग सार्वजनिक गर्दै सो  विषय बजेटमा समावेश गर्नु पर्ने बताएको छ । आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा सरकार रहे पनि बैठक सुचारू हुनेमा अन्योलता छ । गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०–०८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij