Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

'जब्बर' बबर शम्शेरको कहानी !

'जब्बर' बबर शम्शेरको कहानी !

  • चन्द्रशम्शेरका माहिला छोरा बबरशम्शेरलाई पोखरेलीले पनि सम्झनुपर्ने आवश्यकता छ । उनले नै पोखरामा सार्वजनिक कलधारा स्थापना गरेर बस्ती विकासको लागि महत्वपूर्ण योगदान गरेका थिए । 

    onlinepatrika
    Arghakhachi

    सुनिल उलक

    AGNI GROUP

    यो तस्विर हो बबर शम्शेरको परिवारको । अलि झोक्की स्वभावका बबरशम्शेर राणा शासन समाप्तिपछि बनेको पहिलो मन्त्रीपरिषदमा रक्षामन्त्री बनेका थिए । यदि राणाशासन २००७ सालमा समाप्त नभएर केही समय अझै रहेको भए रोलक्रम अनुसार श्री ३ बन्थे । चन्द्रशम्शेरका माहिला छोरा बबरशम्शेरलाई पोखरेलीले पनि सम्झनुपर्ने आवश्यकता छ । उनले नै पोखरामा सार्वजनिक कलधारा स्थापना गरेर बस्ती विकासको लागि महत्वपूर्ण योगदान गरेका थिए । 

    वि.सं. १९७७ मा बेलायतबाट मगाइएका आधुनिक कलधारा पोखराका प्रमुख १४ स्थानमा जडान गरेका थिए । यी धाराका पानीको श्रोत पोखराको पश्चिममा मुलको पानीलाई जम्मा गरेर तीनवटा पानीको टंकी बनाई वितरण गरिएको थियो । धाराको पानी जम्मा गरिएको स्थानको नाम नै पछि धारापानी रह्यो । वि.सं १९६२ मा जन्मिएका जेठो छोरा बालशम्शेरको केवल १४ वर्षको उमेरमा असामयिक निधन भए पछि उनकै सम्झनामा पोखरामा बालधारा जडान गरिएको थियो । 

    तस्विरको दायाँतर्फ उभिएका तिनै बालशम्शेर हुन् । तस्विरको बायाँतर्फ उभिएका बबरशम्शेरका माहिला छोरा मृगेन्द्र शम्शेर हुन् । नेपालको शिक्षाको विकासमा प्रमुख भूमिका खेल्ने शिक्षा विभागको डाइरेक्टर तथा नेपालको पहिलो संग्रहालय शिलखानाका समेत डाइरेक्टर बन्नु भएका मृगेन्द्रशम्शेर गोर्खा दलका प्रमुख एवं भारतीय चलचित्रका निर्माता समेत रहेका भरतशम्शेर, इतिहासकार सागरशम्शेर तथा जगदीशशम्शेरका बुबा हुन् । बाबुले समाएर बसेका सबैभन्दा सानो बालक इतिहासकार एवं नेपालको महाभूकम्पका लेखक ब्रम्हशम्शेर हुन् ।

    कुर्चीमा बसेकी जेठी छोरी धरणीधर राज्य लक्ष्मी हुन् । उनको विवाह भारत गुजरातमा रहेको सानो राज्य टिलोईका राजा विश्वनाथ शरणसिंह बहादुरसंग भएको थियो । देशमा प्रजातन्त्र पश्चात केही समयपछि नै भारतको बंगलोरमा पलायन भएका बबरशम्शेर केही वर्षको भारत प्रवासपछि नेपाल फर्केका थिए । उनको २०१७ बैशाख ३० गते बबरमहलमा नै निधन भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij